पछिल्लो २४ घण्टामा २ सय २४ जना कोरोना संक्रमित थपिए



काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा १ सय ५१ जना काेराेना मुक्त भएर घर फर्किएका छन् जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निकाे भएर घर फर्किनेसहित अहिलेसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निकाे भएका छन्।

मन्त्रालयका अनुसार नेपालमा अहिले ५ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लाे २४ घण्टामा १० हजार सात सय ६८ जनाको पीसीआर विधिमार्फत परीक्षण भएको छ। समग्रमा अहिलेसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पीसीआर विधिबाट काेराेना परीक्षण भएको छ। १२ हजार १ सय ११ जना क्वारेण्टइनमा छन्।

अन्य सम्बन्धित समाचार:  प्रदेश २: मुख्यमन्त्री कार्यालयका ६ सहित १०३ जनामा कोरोना संक्रमण