आज एकै दिन १० हजारभन्दा बढीकाे पीसीआर परीक्षण

Prabhu Bank

काठमाडाैं।

Saftey Pads

आज एकैदिन १० हजारभन्दा बढीको पीसीआर परीक्षण गरिएकाे छ। सरकारले एकैदिनमा गरेकाे पीसीआर परीक्षणकाे याे सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हाे। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिएका हुन्।

सरकारले पछिल्लो समय संक्रमणको जोम बखिढेसँगै परीक्षणको दायरा बढाएकाेले अघिल्लाे हप्ता लगभग ४ हजारकाे सङ्ख्यामा गरेकाे परीक्षण आज १० हजारभन्दा माथि पुग्न सफल भएकाे हाे। स्वास्थ्यमन्त्री भानुभक्त ढकाले असार १५ गतेदेखि नै दैनिक १० हजार जनाको परीक्षण गर्ने बताए पनि सफल हुन नसकेकामा आज परीक्षणकाे सङ्ख्या १० हजार नाघेकाे हाे।

अन्य सम्बन्धित समाचार:  पाटन अस्पतालमा कोरोनाबाट महिलाको मृत्यु
Maruti Cement