लगानी बोर्ड नेपालको सीई‌‍ओ नियुक्तिको प्रक्रिया अन्तिम चरणमा

Prabhu Bank

काठमाडौं। लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले सीईओ नियुक्तिका लागि शुक्रबार अन्तरवार्ता लिएको छ। सीईओका लागि परेकाे १२ जनाको आवेदनबाट ६ जनाको नाम सर्टलिस्ट गरिएको थियो। जसमा चण्डिका भट्ट, रामकृष्ण खतिवडा, डा. सरोज कोइराला, दीपकराज जोशी, सुशील भट्ट र सुशील ज्ञवाली थिए। तर शुक्रबारको अन्तरवार्तामा राष्ट्रिय पुननिर्माण प्राधिकरणको सीईओ रहेका ज्ञवाली भने उपस्थित भएनन्।

Saftey Pads
ज्ञवाली निकट श्रोतका अनुसार उनलाई प्राधिकरणको कार्यकाल पूरा नभई अन्त नियुक्ति नगर्ने सरकारले स्पष्ट संकेत भएकै कारण
उनी नगएकाे हुनसक्ने बुभएकाे छ। जसका कारण उनी नियुक्ति प्रक्रियाबाट बाहिरिएका हुन्।
अन्य सम्बन्धित समाचार:  सुनको मूल्य ह्वात्तै घट्यो
Maruti Cement