वीरगञ्जमा ९ स्वास्थ्यकर्मी सहित ४६ जनामा काेराेना संक्रमण



श्याम गुप्ता, पर्सा।

वीरगञ्जमा आज ९ स्वास्थ्यकर्मी सहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा ११ महिलासहित १८ वर्षदेखि ७५ वर्ष उमेर समूहका रहेका छन्। उनीहरु पर्सा, बारा र रौतहटका बासिन्दा भए पनि सबै वीरगञ्जकै विभिन्न वडामा बसोबास गर्छन्। संक्रमित स्वास्थ्यकर्मीमध्ये नारायणी अस्पतालका ४४ र ४० वर्षका पुरुष अर्थोपेडिक डाक्टर र वीरगञ्जकै अर्का ३६ वर्षीय डाक्टर रहेका खुल्न आएकाे छ।

त्यसैगरी, नारायणी र एडभान्स हस्पिटलका गरी ६ जना स्टाफ नर्सहरुमा पनि संक्रमण पुष्टि भएकाे छ। वीरगञ्जका विभिन्न वडामा गरिएको मास ट्रेसिङमा सर्वसाधारणमा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए।

अन्य सम्बन्धित समाचार:  अख्तियारका १५ कर्मचारीहरुमा कोरोना पोजेटिभ