बझाङमा क्वारेन्टाइनबाट घर पठाइएका २७ जनामा कोरोना संक्रमण देखियो

Prabhu Bank

Sagoon

रिदम सिंह, बझाङ।

Saftey Pads

बझाङमा क्वारेन्टाइनबाट घर पठाइएका २५ जनामा कोरोना संक्रमण देखिएकाे छ। शुक्रबार केदारस्युँ गाउँपालिकाका २५ जना, छबिसपाथिभेरा गाउँपालिकाका १ जना र मष्टा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै बझाङमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ सय ९९ पुगेको छ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा केदारस्युँ गाउँपालिकाका २५ जना र सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा छबिसपाथिभेरा गाउँपालिका र मष्टा गाउँपालिकाका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। शुक्रबार केदारस्युँ गाँउपालिकाका वडा नम्बर ६ र ७ का ९ महिला र १६ पुरुष गरी २५ जना, छबिसपाथिभेरा ७ नम्बर ४२ वर्षीय एक पुरुष र मष्टा गाउँपालिका वडा नम्बर १ का १ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीले बताए।

अन्य सम्बन्धित समाचार:  अबको तीन दिन अत्यधिक वर्षाको सम्भावना

केदारस्युँ गाउँपालिकाका आज पुष्टि भएका संक्रमितहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी एक हप्ताअघि होम क्वारेन्टाइनमा बस्नेगरी घर पठाइएको थियो । कोरोना संक्रमितहरु थपिएसँगै निको हुनेको संख्या पनि क्रमशः बढिरहेको छ। हालसम्म बझाङमा १ सय ६६ जना निको घर फर्किसकेका छन्। बुंगल नगरपालिका-३ का ६५ वर्षीय एक वृद्धको मृत्युपछि कोरोना संक्रमण देखिएको छ भने खप्तडछान्ना गाउँपालिका ७ का एक कोरोना संक्रमित युवकले क्वारेन्टाइनमै आत्महत्या गरेका छन्।

Maruti Cement