सांसद प्रदीप यादव कोरोना संक्रमित

Prabhu Bank

काठमाडौँ। जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव कोरोना संक्रमित भएका छन्। उनी संसद अधिवेशन अन्त भएपछि वीरगञ्ज पुगेका पुगेका थिए। यादवले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी गराएका हुन्।

Saftey Pads

उनले आफू संक्रमित भएको जनाउँदै लेखेका छन्,

“आदरणीय दाजुभाइ दिदिबहिनी ! आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले बीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोलि पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु। उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ। माननीय स्वास्थ्य मन्त्रीज्युसंग पनि सम्वाद गरेको छु। यसै क्रममा मैले आफ्नो PCR जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। अफुलाइ आइसुलेट गरेर अहिले आराममा छु। आ आफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु। कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु।”

अन्य सम्बन्धित समाचार:  नेपालमा घना बस्तीमा कोरोना तिव्र रुपमा फैलिँदै

Maruti Cement