जवानी ज़िन्दाबाद

Prabhu Bank

जवानीमा ढलक ढलक हिड्दा
उसकै लयमा लहराउने उसको कपाल
अचेल तालुको सगरमाथा पुगिसकेको छ
उसका काला आँखाका नानीहरुलाई
अचेल पावरवाली चश्माले साथ दिएकी छिन्
आँखाका वरिपरि, तलमाथि
छालाका पहाडहरु चचहुईँ हल्लिरहन्छन्
तिल चामल दाह्री कपालमा
बाङ्गो ढाडले ठडिन्छ अनि आफैलाई ढाडस् दिदै भन्छ
अरे यार ! मन बूढो हुँदैन
एकपटक सकी न सकी उठ्छ र चिच्याउँछ
जवानी ज़िन्दाबाद !

Saftey Pads

त्यो दिन पो दिन थियो
जुन बेला प्रेमिकालाई जून देखिन्थ्यो
त्यो रात पो रात थियो
जुन बेला उनको साथ थियो
एक झलक देख्न आतुर हुने आँखाहरु
उनका बा का आँखा छलेर
उनलाई एक पटक छुन खोज्ने आफ्नै हातहरु
बडो हिम्मतवाला लाग्थ्यो उसलाई
आज तिनै हात पनि हात जस्ता लाग्दैनन्
उसकै हातको लट्ठीले गाली गर्छ अचेल
आफ्नो तिल चामल कपाल हेर्न मन लाग्दैन
रिसले ऐना हेर्दैन अचेल
तर जवानीको यादमा
पूरा तन्दुरुस्त भएको दावी गर्छ र भन्छ
अरे यार ! मन बूढो भएकै छैन
जवानी ज़िन्दाबाद !

मोबाईल त बनेकै थिएन
तर मायाको सिग्नल कति शक्तिशाली थियो
त्यो बेला फ़ेसबुक पनि थिएन
तर उनको फेस मनमै सजिएको थियो
लैला मजनुनका कथाहरु बिर्साउने
मुना मदनका त्यागहरु बिर्साउने
अमर प्रेमका कथाहरु सम्झन्छ
तर ऐनाले झूठ बोल्दैन
ऊ चाउरी परेको छ
बिहानै सुगरको ओखती खाईसक्यो
दमको गोली खाने बेला भयो
चियामा चिनी नचाखेको बर्षौ भयो
तर ऐनाले त केही भनेको छैन नि
मन त ऐनाले कहाँ देख्छ र ?
अरे यार ! मन बूढो भएकै छैन
जवानी ज़िन्दाबाद !

कसैका सुन्दर आँखामा
मस्त हराउनु पो जवानी
आफैले देखेको सपनामा
एक्लै कराउनु पो जवानी
आफैलाई हेरेर दंग पर्दै
आफ्नै कीर्तिमान भंग गर्दै
आफैसंग बात मार्नु पो जवानी
यो बूढ्यौली
जसको कुनै रस छैन
उनलाई भगाएर लगेको दिन
आज सपना जस्तै लाग्छ
अचेल आँखा मात्र हैन
सम्झना पनि धमिलो देखिएको छ
तर एकोहोरो दावी गर्छ
तन बूढो भएर के भो ?
मन त सधै जवान छ भन्छ
मेरै कानको छेउ आएर चिच्याउँछ
ए कान्छा,
मन बूढो हुन्न के यार !
जवानी ज़िन्दाबाद !

Maruti Cement