एकाबिहानै हाइस दुर्घटना, १७ जना घाइते 

Prabhu Bank

Sagoon

डडेल्धुराः डडेल्धुरामा हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्र्तगत जिल्लाको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना भएको हो।

Saftey Pads

भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढी देखि बझाङ्ग तर्फ आउदै गरेको सु.प.प्र. ०१–००१–ख २३२३ नं.को हाईस शनिबार बिहान करिव ३ वजेतिर दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ।

हाईस अनियन्त्रित भई रोड भन्दा अन्दाजी १०÷१५ मिटर तल खस्दा उक्त हाईसमा सवार १७ जना घाइते भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। बझाङ्ग तलकोट गाउँपालिका–२ बस्ने बस्ने वर्ष ३०का हिमाल माझी (साहुँ) र कैलाली गोदावरी नगरपालिका–६ बस्ने वर्ष २५ का शिवराज फुलारालाई उपचारको लागी धनगढी पठाएको डीएसपी न्यौपानेले बताए।

अन्य सम्बन्धित समाचार:  महाकालीको भेलले उठिबास लगाउला भन्ने त्रासमा अडेको बस्ती

उनका अनुसार घाइते हुनेमा बझाङ्ग तलकोट गाउँपालिका–२ का २३ वर्षीय शुसिला धामी सोही ठाउँका ६० वर्षीया हिमकला रोकाया, २६ वर्षका भक्त रोकाया, १८ वर्षका दिपेन्द्र कुँवर, १८ वर्षका अशोक कुँवर, ३५ वर्षका मिन बहादुर कुँवर रेहका छन्।

यस्तै ४६ वर्षका गोरख कुँवर, ४२ वर्षका गङ्गा कुँवर, २४ वर्षका अमृत धमेना, २६ वर्षका विरेन्द्र धामी, १८ वर्षका रोशन कुँवर, २३ वर्षका देव कुँवर, १८ वर्षका जोवन धमेना, ७ वर्षका पवन धामी, ६ को अनुप रोकाया रहेका छन्। घाइते १५ जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको र अवस्था समान्य रहेको छ।

Maruti Cement