कोरोना संक्रमितको संख्यामा दोस्रो बन्यो सुदूरपश्चिम, पहिलोमा प्रदेश २

  • डडेल्धुरा
Prabhu Bank

सुदूरपश्चिम प्रदेश देशका ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमित फेला परेको प्रदेशमा दोस्रोमा छ। प्रदेश २ पछि नेपालमा सबैभन्दा बढि कोरोना सङ्क्रमित सुदूरपश्चिममा रहेका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय २४ पुगेको छ।

Saftey Pads

प्रदेशमा सबैभन्दा बढि कैलालीका १ हजार ६२ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै डोटीका ७ सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। कञ्चनपुरका ५ सय ४४, डडेल्धुराका ३ सय ९, बैतडीका २ सय ९५, बझाङका २ सय ९ र दार्चुलाका ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमण पुष्टि भएका ३ हजार बढि डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल राष्ट्र बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि

सुदूरपश्चिम भन्दा बढि सङ्क्रमण पुष्टि भएको प्रदेश नम्बर २ मा ५ हजार १ सय ५५ कोरोना सङ्क्रमित रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ३ सय ६५, कर्णाली प्रदेशमा २ हजार १७, गण्डकी प्रदेशमा १ हजार ५ सय ८१, बाग्मती प्रदेशमा १ हजार १ सय ४ र प्रदेश नम्बर १ मा १ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ।

 

Maruti Cement