वीरगञ्ज झडप अपडेट: एसपी सहित सात प्रहरी र केही स्थानीय घाइते

Prabhu Bank

Sagoon

श्याम गुप्ता,वीरगञ्ज।

Saftey Pads

वीरगञ्जमा कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापन गर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप हुँदा एसपी सहित सात प्रहरी तथा केही स्थानीय समेत घाइते भएको छन्। बिहीबार राति मृत्यु भएका तीन जना कोरोना संक्रमितहरूको शव शुक्रबार राति ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं-३१ स्थित मिलन चौकमा गाड्ने क्रममा स्थानीयहरुले अवरोध गरेपछि झडप भएको हो।

बस्ती नजिकैको जंगलमा स्थानीयहरूले शव गाड्न नदिएपछि प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गर्दा स्थानीयले जवाफमा ढुंङ्गामुढा गरेका स्थानीय बिजय गिरीले बताए। सयौंको संख्यामा रहेका स्थानीयको भिडलाई प्रहरीले सम्झाउँदा पनि नमानेपछि भिड हटाउन अश्रु ग्याँस र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भिडलाई तितरबितर गर्न प्रहरीले ६ राउन्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो।

अन्य सम्बन्धित समाचार:  इंग्ल्याण्ड विरुद्धकाे पहिलाे टेस्ट: तेस्राे दिनसम्म पाकिस्तानकाे बलियाे अग्रता

जवाफमा स्थानीयले ढुंङ्गामुढा गरेपछि प्रहरी उपरीक्षक सहित सात प्रहरी भएको हुन्। कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहित मिलनचौक पुगेका दुई एक्स्काभेटर देखेर स्थानीयहरु विरोधमा उत्रेका हुन्। यसअघि पनि साउन १२ गते मिलनचौकवासीको अवरोधका कारण शव व्यवस्थापनमा समस्या आएको थियो।

Maruti Cement