बैतडीमा पहिरोका कारण आठ घर परिवार विस्थापित

Prabhu Bank

Sagoon

दिपक महरा, बैतडी। लगातारको वर्षाले गए राति पहिरो खस्दा सुर्नया गाउँपालिकाका ८ घर परिवार विस्थापित भएका छन्। माथिबाट खसेको पहिरोले सुर्नया गाउँपालिकाका २ घरमा क्षति पुर्‍याएको र अन्य ६ घर उच्च जोखिममा रहेकाले आठै घर परिवार विस्थापित भएका हुन्। वडाअध्यक्ष आनन्द बोहराका अनुसार सुर्नया गाउँपालिका ८ का लोकेन्द्र सिंह बोहरा र जनक बोहराको घरमा पहिरोले क्षति पुर्याएकोे हो।

Saftey Pads

लगातारको वर्षापछि गए राति लोकेन्द्रको आँगनबाटै पहिरो गएको उनले बताए। पहिरो जान थालेको थाहा पाएपछि मानिसहरु सुरक्षित स्थानमा गएका तर गाईवस्तु भने त्यहीँ रहेको उनले बताए। घरमा भएका ६ भैँसी, २ गाई र ५ बाख्रा निकाल्नलाई असहज भएकोले त्यहीँ छाडिएको वडाध्यक्ष बोहराले जानकारी दएि। यस्तै त्यसै ठाउँका जनक बोहराको घर पहिरोले पुरिएको तर मानवीय क्षति भने नभएको वडा कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  उपत्यकाका तीनवटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेकका सेवा स्थगित

यसबाहेका त्यस ठाउँका शेरसिंह बोहरा, शालीभान बोहरा, बिरबहादुर बोहरा, मन्जित बोहरा र बिरबहादुर बोहराको घर पनि उच्च जोखिममा रहेको तथा नरसिंह बोहराको गौशाला पनि भत्किएको छ। गए राति १ बजेतिर खसेको पहिरोले ती घरहरु जोखिममा परेका र अझै पनि वर्षा भइरहेकोले पहिरो जाने क्रम नरोकिएको वडा कार्यालयले जनाएको छ।

घटनाबारे प्रहरीलाई खबर गरेको भए पनि र प्रहरी टोली घटनास्थल पुग्न बाँकी रहेको वडाध्यक्ष बोहराले जानकारी दिए।

Maruti Cement