सभामुख सापकाेटाकाे सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि काेराेना

Prabhu Bank

Sagoon

काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी दलका एक सदस्यमा कोरोना संक्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालयमा संक्रमण भेटिएका प्रहरीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएकाे परीक्षणमा उनमा कोरोना पुष्टि भएकाे हाे।

Saftey Pads

सुरक्षाकर्मीदलकाे एक सदस्यमा संक्रमण देखिएपछि सभामुख सापकोटा, उनका परिवारका सदस्य र उनीसँग जोडिएका सबैखाले कर्मचारीको पनि परीक्षण गरिएको छ। उनीहरु सबैकाे स्वाबकाे नमुना पीसीआर परीक्षणका लागि लगिसकिएकाे बुझिएकाे छ। परीक्षणको रिपोर्ट नआउँदासम्म सभामुखसहित अन्य सदस्यहरु होम आइसोलेसनमा रहने बताइएको छ ।

अन्य सम्बन्धित समाचार:  रूसले अर्को हप्ता पहिलो कोभिड–१९ खोप दर्ता गर्ने
Maruti Cement