भक्तपुर: प्रहरी हवल्दार र साउदीबाट फर्किएका व्यक्तिमा कोरोना सङ्क्रमण

Prabhu Bank

Sagoon

काठमाण्डाैं। महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हवल्दारमा कोरोना संक्रमण पुष्टि भएको छ। मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पीसीआर परीक्षणमा ३३ वर्षीय प्रहरी हवल्दारमा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। संक्रमित हवल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ।

Saftey Pads

त्यसैगरी साउदी अरेबियाबाट गत २२ गते नेपाल फर्किएका मध्यपुरथिमि नगरपालिका–४ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। साउदीबाट फर्किएका २५ वर्षीय पुरुषलाई फर्किएकाे २६ दिनमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीले जानकारी दिएको छ। नेपाल विद्युत् प्राधिकरण थिमि शाखासँगै रहेको संक्रमितको घर तथा परिवारले सञ्चालन गरेका खाजा पसल बन्द गराइएको छ। संक्रमित पुरुषलाई पाटन अस्पतालमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भने, ‘अयोध्याबारे भारतीय जनता नै विश्वस्त छैनन्’
Maruti Cement