नक्कली फेसबुक आईडी बनाएर अश्लील भिडियाे पठाउने व्यक्ति पक्राउ

Prabhu Bank

Sagoon

काठमाण्डाैं। प्रहरीको साइबर ब्यूरोले अश्लील भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जनालाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाकाे नाममा नक्कली फेसबुक आइडी बनाएर उनका आफन्तलाई अश्लील भिडियो पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो।

Saftey Pads

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लील फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट रु. एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ। पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए।

अन्य सम्बन्धित समाचार:  कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन वित्तीय संस्थाहरुलाई राष्ट्र बैंककाे निर्देशन
Maruti Cement