सुदूरपश्चिममा थप ५३ जनामा कोरोना पुष्टि

Prabhu Bank

Sagoon

भावना पाैडेल, डडेल्धुरा।

Saftey Pads

सुदूरपश्चिममा शनिबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० जना सहित सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका ३ गरी ३० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका ५ जना, दुर्गाथली र छवीसपाथिभेराका ३-३ जना र बझाङकै मष्टा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ७८ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका १ हजार १ सय जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका ७ सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भइसकेको छ। कञ्चनपुरका ५ सय ४४, डडेल्धुराका ३ सय ९, बैतडीका २ सय ९५, बझाङका २ सय ३२ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  रूसले अर्को हप्ता पहिलो कोभिड–१९ खोप दर्ता गर्ने
Maruti Cement