उपसचिव सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

Prabhu Bank

Sagoon

विराटनगर।

Saftey Pads

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई कर्मचारीले कार्यकक्षमै कुटपिट गरेका छन्। उपसचिव सञ्जेलमाथि शनिबार बिहान ११ बजेतिर कार्यालयका दुई करार कर्मचारीले कुटपिट गरेका हुन्। कुटपिट गर्ने दुवै कर्मचारी महिला रहेकाे खुल्न आएकाे छ।

भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि कार्यालय सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटाले पेपरवेट, पञ्चिङ मेसिनलगायतले प्रहार गरेकाे प्रहरीले जनाएकाे छ। कुटपिटमा संलग्न भएको आरोपमा दुवै कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका ती दुई कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको आराेप लगाउँदै कुटपिट गरेका थिए। कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेकाे छ। घटना तथा कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेकाे प्रहरीकाे भनाइ छ।

अन्य सम्बन्धित समाचार:  कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन वित्तीय संस्थाहरुलाई राष्ट्र बैंककाे निर्देशन
Maruti Cement