सेती नदीमा नुहाउन गएका २ जना स्वास्थ्यकर्मी बेपत्ता, खोजी कार्य जारी

Prabhu Bank

Sagoon

 

Saftey Pads

डडेल्धुराः  डोटीको सेती नदीमा बगेर २ जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन्। डडेल्धुरा परशुरामका हरि जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक बिनयसिंह बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

उनीहरु दुवैजना डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका उनले बताए। डडेल्धुराबाट शैलेश्वरी दर्शनका लागि उनीहरु डोटी पुगेर दर्शन गरी फर्किने क्रममा सेती नदीमा नुहाउन गएका उनको भनाई छ। उनीहरु दुबै नुहाउने क्रममा बेपत्ता भएका र दुबै जनाको खोजी भइरहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  रुपन्देही कार दुर्घटनामा तीनको मृत्यु
Maruti Cement