इलामका १७ जना सशस्त्र प्रहरीमा एकैदिन कोरोना संक्रमण पुष्टि



इलाम। इलाममा शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा सबै सशस्त्र प्रहरी रहेका छन्।

सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाका अनुसार ४० जनाको स्वाब परीक्षणका लागि विराटनगरस्थित प्रदेश प्रयोगशालामा पठाइएकोमा १७ जनामा पोजेटिभ देखिएको हो।

पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङ गोठगाउँको कोरोना अस्पताल लैजान लागिएको एसपी थापाले बताए।

योसँगै इलाममा २७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने कुल सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  अख्तियारका १५ कर्मचारीहरुमा कोरोना पोजेटिभ