दार्चुलामा बाढीपहिरोमा तीन घर बगे

  • नरेन्द्रसिंह कार्की, दार्चुला
Prabhu Bank

Sagoon

दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका र दर्जन बढी घर जोखिममा परेका छन्। महाकाली नगरपालिका–२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीपहिरोले मानवीय क्षति भएको छैन।

Saftey Pads

आज बिहान आएको पहिरोले गगन पार्कीको दुईतले घर बगाएको र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै सोही ठाउँमा रहेका कालु भुल, मने भुल, र परे भूलको संयुक्तरुपमा निर्माण भएको तीनतले घर पनि बाढीपहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिए।

यसैगरी बाढीपहिरोले सोही ठाउँका ललितराम पार्कीको दुईतले घर बगाएको छ। लास्कुखोला र आसपासबाट आएका खोलाले बाढीपहिरो निम्त्याएको हो। यस्तै प्रहरीले सोही ठाउँका कालुसिंह भुलको चौपायालाई जीवितै उद्धार गरेको छ। बाढीपहिरोले मानमती पार्की, हरकसिंह साहु, पारस साहुको घर पूर्णरूपमा जोखिममा परेको छ भने मानिस र पशुचौपायाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  डडेल्धुरामा श्वासप्रश्वासमा समस्या देखिएकी महिलाको मृत्यु: कोरोनाको आशंका

यस्तै बाढीपहिरोले मनिराम भुल, परे भुल, अमिरा पार्की, ललितराम पार्की, रुकुम पार्की र गगन पार्कीको घर पनि जोखिममा परेका प्रहरीले जनाएको छ। बाढीपहिरोका कारण खार–खलङ्गा सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। अहिले स्थानीयवासीलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। सडक अवरुद्ध भएका कारण उद्धारमा समेत ढिलाइ भएको प्रहरीले जनाएको छ।

Maruti Cement