विपदमा परि मृत्यु भएका व्यक्तिको परिवारलाई ५० हजार दिने दुहुँ गाउँपालिकाको निर्णय

Prabhu Bank

Sagoon

दार्चुला। दार्चुलाको दुहुँ गाउँपालिकाले विपदमा परि मृत्यु भएका व्यक्तिको परिवारलाई ५० हजार नगद दिने निर्णय गरेको छ।

Saftey Pads

शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले विपदमा परेकालाई राहत दिने निर्देशिका संसोधन गर्दैै गाउँपालिका भित्र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर मृत्यु भएका व्यक्तिको परिवारलाई राहत स्वरुप नगद रु ५० हजार दिने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी भुपेन्द्र सिंह बडालले जानकारी दिए।

यस्तै बैठकले प्रकोपमा परी पूर्णरुपमा घर क्षति भएको परिवारलाई २५ हजार र आंशिक क्षति भएका परिवारलाई ५ देखी ७ हजार राहत उपलब्ध गराउने निर्णय गरेको उनले बताए।

बैठकमा गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रगति समीक्षा तथा चालु आर्थिक वर्ष २०७७÷०७८ का लागी वार्षिक खरिद योजनामा छलफल भएको सूचना अधिकारी बडालले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  डडेल्धुरामा श्वासप्रश्वासमा समस्या देखिएकी महिलाको मृत्यु: कोरोनाको आशंका

यसैगरी विपद सतर्कताका लागी प्रत्येक वडामा संयन्त्र तयार गरी उद्धारका लागी थप सामाग्रीको जोहो गर्ने तथा कोरोना सङ्क्रमणको बेला विद्यालय बाहिर व्यवस्थापन योजना बनाई विद्यालय सुचारु गर्ने तयारीका विषयमा निर्णय भएको उनले जानकारी दिए। गाउँ कार्यपालिकाको बैठक गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा बसेको हो।

Maruti Cement