ट्राफिक प्रहरी महाशाखा पूर्णरुपमा सिल, ३ सय ट्राफिक क्वारेन्टाइनमा

Prabhu Bank

Sagoon

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखालाई पूर्णरुपमा सिल गरिएको छ। बग्गीखानामा कार्यरत दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा रहेको स्थानलाई पूर्णरुपमा सिल गरिएको हो।

Saftey Pads

बग्गीखानामा कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरीसम्मका झण्डै ३ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ। प्रहरी तथा यहाँ आउने सेवाग्राहीलाई बग्गीखाना आवतजवातमा निषेध गरिएको छ। ‘महाशाखालाई सिल गरेका छौँ’ एसएसपी ढकालले भने।

कोरोना संक्रमित ट्राफिक प्रहरीको सम्पर्कमा आएका सबैको पहिचान गरिरहेको उनले बताए। बग्गीखानाको ब्यारेकमा बस्दै आएका ट्राफिक प्रहरीमा कोरोना देखिएको थियो। क्वारेन्टाइनमा राखिएका सबैको ट्रेसिङ गरी पीसीआर परीक्षण थालिने ढकालले बताए।

हाल काठमाडौँ उपत्यकामा १ हजार ५४५ ट्राफिक प्रहरी कार्यरत छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा समेत ७२ प्रहरीमा कोरोना देखिएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाका कारण एक जनाको मृत्यु
Maruti Cement