सिन्धुपाल्चाेक: ताल फुट्ने जोखिम कायमै, सचेत रहन आग्रह

Prabhu Bank

Sagoon

सिन्धुपाल्चाेक। चीनले न्यालम जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेकाले सिन्धुपाल्चाेक जिल्ला प्रशासन कार्यालयलाई सचेत रहन आग्रह गरेकोे छ। ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पु र्‍याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको हाे। तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो।

Saftey Pads

शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेकोे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। “शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम भने उत्तिकै छ”, उनले भने, “त्यसैले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेका छौँ।”

तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्यधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो। भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ। सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ।

अन्य सम्बन्धित समाचार:  कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन वित्तीय संस्थाहरुलाई राष्ट्र बैंककाे निर्देशन
Maruti Cement