बैतडीका ३ युवा अनशनमा किन बसे?

  • भावना पौडेल, डडेल्धुरा
Prabhu Bank

बैतडीको मेलौली नगरपालिकामा ३ जना स्थानीय युवा अनशन बसेका छन्। मेलौली नगरपालिका–२ को काम कारवाही एकलौटी भएको भन्दै ३ जना स्थानीय अनशन बसेका हुन्। वडाले जनताको चाहना विपरीत विभिन्न गतिविधि गरेको भन्दै स्थानीय विवेकानन्द पाण्डेय, योगेश चन्द र नारदप्रसाद भट्ट अनशन बसेका हुन्।

Saftey Pads

वडाअध्यक्षले वडामा मनपरी गर्नुका साथै कसैलाई काखा कसैलाई पाखा गरेकोले आफूहरू अनशन बसेको उनीहरु बताउँछन्। यसअघि पनि सो वडामा विद्युत बिस्तारको माग गर्दै साउन १४ गते वडा कार्यालयमा तालाबन्दी गरिएको थियो।

सोमबार लगाएको ताला बिना जानकारी नै प्रहरीको रहोवरमा वडाअध्यक्षले तोडेको अनशन बसेका नारदप्रसाद भट्टले बताए। वडाअध्यक्षले ‘बाउको छोरो होस् भने फेरी ताला लगाएर देखा’ भनेर अपशब्द भाषा प्रयोग गर्दै गाली गलौचसहित धम्की दिएकोले अनशन बसेको भट्टको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

वडामा विद्युत बिस्तारलगायत अन्य माग पटक–पटक राख्दा वडाअध्यक्षले कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ। वडाअध्यक्षको गलत अभिव्यक्ति, विद्युत प्रसारणमा लापरबाही, अनियमितता र योजनाहरुको स्थलगत सार्वजनिक सुनुवाइ, वास्तविक आवश्यकताको आधारमा कुनैपनि योजना छनौट नभएको र योजनाको गुणस्तर अनुगमन हुनुपर्ने भन्दै ५ बुँदे माग राखिएको छ।

वडाअध्यक्षसँग वार्ताको प्रयास गर्दा पनि ‘टेर पुच्छर’ नलगाएको उनीहरूको आरोप छ। आफूहरूले राखेको माग चाँडो भन्दा चाँडो सम्बोधन गर्नुपर्ने भन्दै माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने उनीहरु बताउँछन्।

Maruti Cement