लेबनानको बेरूतमा विष्फोट, ७८ को मृत्यु, करिब ४ हजार घाइते

Prabhu Bank

एजेन्सी। लेबनानको राजधानी बेरूतमा मंगलबार विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा विष्फोट हुँदा ७८ जनाको ज्यान गएको छ। करिब ४ हजार व्यक्ति घाइते भएका छन्।

Saftey Pads

विस्फोटबाट गोदम नजिकका घरहरु ध्वस्त भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। विष्फोटबाट मर्नेका संख्या बढ्न सक्ने बताइएको छ। लेबनानका राष्ट्रपति मिचेल अउनले उक्त गोदाममा २ हजार ७५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको बताएका छन्।

घटनालाई लिएर उनले बुधबार मन्त्रीपरिषदको आपतकालिन बैठक आह्वान गरेका छन्। करिब दुई साता लेबनानमा आपतकालको घोषणा गरिने अनुमान गरिएको छ। लेबनानका प्रधानमन्त्री हसन डायबले घटनाका जिम्मेवारलाई कठघरामा उभ्याइने बताएका छन्।

अन्य सम्बन्धित समाचार:  बसकाे ठक्करले स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु

लेबनानमा भएको विस्फोटको आवाज करिब २४० किलोमिटर टाढा रहेको साइप्रससम्म सुनिएको बताइएको छ।

Maruti Cement