नवलपरासीमा भदाै ६ गतेसम्मका लागि निषेधाज्ञा जारी

नवलपरासी।

कोरोना संक्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज (शनिबार) रातिदेखि निषेधाज्ञा जारी गरिएको छ। राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार र सामूहिक जमघट गर्न पाइने छैन।

जिल्लामा कोरोना संक्रमण क्रमशः बढ्दै गएको र थप संक्रमित बढ्न सक्ने भएकाले जोखिमलाई दृष्टिगत गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। निषेधाज्ञाको अवधिभर सरकारी एवं बैंक तथा वित्तीय संस्थामा विद्युतीय सेवाबाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ।

अनावश्यक रुपमा हिँड्डुल गर्न तथा धार्मिक स्थलमा दैनिक पूजाबाहेक अन्य गतिविधि गर्न रोक लगाइएको छ। त्यस्तै एउटाबाट अर्काे स्थानीय तहमा अत्यावश्यक कामबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

अन्य सम्बन्धित समाचार:  कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

जिल्लामा रहेका बढी भिडभाड हुने सरकारी कार्यालयमा बढीभन्दा बढी अनलाइनमार्फत काम गर्ने र कमभन्दा कम जनशक्ति राखेर मात्रै काम गर्न कार्यालयलाई परामर्श गरिएको छ। जिल्लामा हालसम्म कोरोना संक्रमितको सङ्ख्या १३० पुगेको छ।