कपिलवस्तुमा अर्का एक काेराेना संक्रमितकाे मृत्यु

शम्भु सैनी, कपिलवस्तु।

कपिलवस्तुमा अर्का एक कोरोना संक्रमितको निधन भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत संक्रमितकाे शनिबार मृत्यु भएको हो।

आज बिहान मृत्यु भएका पुरुष मायादेवी गाउँपालिका–७ का ४२ वर्षीय पुरुष रहेका र उनी साउन २८ अस्पताल भर्ना भएका स्वास्थ्य कार्यालयले जनाएको छ।

उनको फोक्सोमा समस्या देखिएको र आईसीयूमा राखेर उपचार गर्दै गर्दा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

वीरगञ्जमा पनि संक्रमितकाे मृत्यु 

वीरगञ्जमा शनिबार थप एक जनाको कोरोना संक्रमणका कारण मृत्युु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज-२० हरपतगंजका ४७ वर्षीय पुरुष रहेका छन्। उनको शव नारायणी अस्पतालको आकस्मिक कक्षमा राखिएको छ।

अचानक श्वासप्रश्वासमा समस्या देखिएर नाक तथा मुखबाट रगत निस्किन थालेपछि परिवारजनले उनलाई अस्पताल लगेका थिए। मृत्युुपछि नारायणी अस्पतालमा परीक्षण गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  तीन लाख ४८ हजार डोज कोभ्याक्सको खोप आज नेपाल आउँदै

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।