काठमाडौँ। आज नेपालमा थप ४६८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले आज नियमित प्रेस ब्रिफिङमा दिएकाे जानकारी अनुसार थपिएका ४६८ मध्ये काठमाडौं उपत्यकाका मात्र ९८ जना छन्।
हालसम्म ५ लाख ६ हजार ६० जनामा गरिएकाे पीसीआर परीक्षणमा ४८ हजार ४१ जनामा नेगेटिभ र बाँकी २६ हजार १९ जनामा नेगेटिभ भेटिएकाे मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार हालसम्म १७ हजार २०१ जना संक्रमण मुक्त भइसकेका छन्ने भने देशभरमा १४ हजार ४४८ जना क्वारेन्टाइनमा तथा ८ हजार १९३ जना आइसाेलेसनमा रहेका छन्।
पछिल्लाे २४ घण्टामा ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १०२ पुगेकाे छ।