यी चार एअरलाइन्सले पाए आजका लागि उडान अनुमति

काठमाडाैं। चार वटा एअरलाइन्सले आज आन्तरिक र अन्तर्राष्ट्रिय गरी पाँच वटा उडान अनुमति पाएका छन्।

त्रिभुवन विमानस्थलमा रहेकाे नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार हिमालय एअरलाइन्सले चीनकाे कुनमिङका लागि बेलुका ७:४५ बजेका लागि अन्तर्राष्ट्रिय उडान अनुमति पाएकाे हाे। यस बाहेक समिट एअरले लुक्ला र डाेल्पा, तारा एअरले लुक्ला तथा प्रभु हेलीले साेलुखुम्बुका लागि आन्तरिक उडान अनुमति पाएका हुन्।

आन्तरिक उडान अनुमति पाएकामध्ये समिट एअरकाे लुक्ला उडान कार्गाे मात्र रहेकाे र बाँकी सबै यात्रुसहित उड्न लागेका हुन्। यीमध्ये समिट एअरकाे लुक्ला कार्गाे उडान केही बेर अघि साँझ ६:३० बजेकाे रहेकाे थियाे भने डाेल्पा यात्रुवाहक उडान बेलुकी ९ बजेर २ मिनेटका लागि तय भएकाे छ। त्यस्तै प्रभु हेलीकाे हेलिकप्टर बेलुकी ८:५५ मा उड्ने तालिका रहेकाे छ भने तारा एअरकाे विमान बेलुकी १०:२५ मा लुक्ला विमानस्थलमा अवतरण गर्ने तालिकामा जनाइएकाे छ।

अन्य सम्बन्धित समाचार:  ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

यसैगरी भाेलि आइतबारका लागि हिमालय एअरलाइन्सले चीनकाे कुनमिङ र मलेसियाकाे क्वालालम्पुरमा गरी दुई वटा अन्तर्रराष्ट्रिय उडान अनुमति पाएकाे छ।