वि.सं. २०७७ श्रावण ३२ गते आइतवारको राशिफल

  • ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

मेषः  दिन मध्यम रहेको छ। शारीरिक स्फुर्ति एवं उमङ्ग बढ्ने छ। सोँचेजति उपलब्धि प्राप्त नहुँदा पूर्णरुपमा सन्तुष्टि हुन अल्लि गाह्रो पर्नेछ। रपनि निर्वाह चल्नेछ।

वृषः  बोलीव्यवहारमा संयमपूर्वक अघि बढ्नु होला अपेक्षित कार्यभन्दा अनपेक्षित काम बनेर उपलब्धि मिल्नेछ। केही धनोन्माद बढ्नसक्ने गोचर छ संयमित भएको बुद्धिमानी हुनेछ।

मिथुनः  रमाइलो परिवेशमा सुखानुभूति गर्न पाइने छ। नयाँ व्यवसायमा लगानीको जमर्को हुनेछ। पेशा तथा उद्यमबाट लाभ मिल्नेछ। स्वागत सत्कार एवं स्वादिष्ट भोजन मिल्ने छ।

कर्कटः  घरायसी सरसामान जोडिने छ। खर्चको मात्रा बढ्ने छ। मालसमान हराउनसक्ने भय पनि देखिएको छ। कामकार्यमा अल्झन आउने र विपक्षिको चक्रव्यूहमा परिनसक्छ ख्याल गर्नुहोला।

सिंहः  व्यवसाय, पेशा एवं उद्योगधन्दा आदिबाट आंशिक लाभप्राप्त गर्न सकिने छ। महत्त्वपूर्ण ठानिएको काममा भने अबरोध आउने देखिएछ। उचित उपाय अवलम्बन गर्नु उचित हुनेछ।

कन्याः  दिन मध्यम अनुकूल छ। केही ईज्जत, मानप्रतिष्ठा बढ्ने छ। राजनीति, समाजसेवा, सांगठानिक क्षेत्र आदिमा जिम्मेवारी थपिने छ। कर्मक्षेत्र, पेशा, व्यवसायबाट आंशिक लाभ गर्नसकिने छ।

तुलाः  माथिल्लो निकायबाट अपयशजन्य परिस्थिति सृजना हुनसक्ने छ। तथापि कर्मयोगलाई महत्त्व दिएर कार्यक्षेत्रमा लागीपर्नेहरूको लागि लाभप्रद दिन रहनेछ। धर्म बढ्ने छ।

वृश्चिकः  स्वास्थ्यमा मन्दिको साथमा कामकार्यमा अल्झन जस्ता समस्या देखिने छ। दीर्घरोगीले आहारविहार आदिमा ख्याल पुर्याउनु उचित हुनेछ। कामकार्यमा संघर्षको अनुभूति हुनेछ।

धनुः  नयाँ व्यवसायको सोँच विचारको र शारीरिक जोशजाँगर पनि बढेर आउने छ। दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार एवं सफलता मिल्नेछ। व्यापारिक यात्रा हुनेछ।

मकरः  कामकार्यमा सफलता प्राप्त गर्न साविकको भन्दा बढी मेहनत गर्नुपर्ने छ। स्वास्थ्यमा सुधार आउने छ। परकोपकार जन्य भूमिका निभाउन र पौरख गर्न सकिने छ। धनलाभ हुनेछ।

कुम्भः  विद्यार्थी भाइबहिनीले अध्ययनमा प्रगति गर्नसकिने छ। सर्वसाधरणको हकमा पनि व्यवसाय एवं कर्मक्षेत्रमा प्रगति उन्नति हुनगइ लाभ एवं उपलब्धि हातलाग्ने छ।

मीनः  अल्लि चनाखो हुने र बुद्धिले कामलिने गर्नुपर्ने समय छ। द्वन्द तथा अपयश नपर्ला भन्नसकिन्न। रपनि अप्रत्यासित रूपमा कुनै काम बनेर लाभ एवं उपलब्धि मिल्ने छ।

 

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।