२०७७ साउन ३२ देखि भाद्र ६ गते सम्मको साप्ताहिक राशिफल

  • ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

मेषः
साता मध्यम रहेको देखिन्छ। आइतवार शारीरिक स्फुर्ति एवं उमङ्ग बढ्ने छ। कामकार्यमा केही जाँगर पनि चल्ने छ। जमर्को जति उपलब्धि हात नपर्दा खुलेर सन्तुष्टि हुन अल्लि गाह्रो पर्नेछ। सोम र मङ्गलवार त्यति सहज समय छैन। मानसिक संकीर्णता बढ्नसक्ने छ। पारिवार र कार्यक्षेत्रमा असमझदारी झेल्नु नपर्ला भन्नसकिन्न। स्वास्थ्यमा पनि केही मन्दि आउने छ। विवादको सम्भावना देखिएकोले संसर्गीसँग व्यवहार गर्दा सावधानी अप्नाउनु उचित हुनेछ। बुधवारबाट गोचरग्रहको स्थितिमा केही सुधार आउने छ। रपनि आत्मप्रशंसाको मनोविज्ञानले आफ्नै मुल्याङ्कनमा ह्रास आउनसक्ने छ। विद्यार्थीहरूले समयको सदुपयोग गरेमा पढाईमा उपलब्धि प्राप्त गर्नसक्ने गोचर योग परेको छ। अन्य सर्वसाधारणको लागि पनि बुद्धिमतापूर्वक समय र अवसको सदुपयोग गरेमा कार्यगत ज्ञानलाभ हुनेछ। पेशा तथा कामकार्य एवं नोकरी र उद्यमव्यवसायबाट केही उपलब्धि प्राप्त गर्नसकिने छ। शुक्र र शनिवार आरोग्यलाभ मिल्ने समय छ। सर्तमा आएर विपक्षिसँग सम्झौता गर्नसकिने छ। खेलकुद् आदि प्रतिस्पर्धामा अगाडि बढ्नसकिने छ। बढी ईच्छा गरेको विशेष काममा भने अबरोध आउने देखिएको छ, उपाय अवलम्बन गर्नु उचित हुनेछ। यो साता मेष राशिका व्यक्तिहरूले भगवान सूर्यनारायण, गुरुगणपति एवं महावीर हनुमानको स्तुति उपाशना गर्नु शुभदायक हुनेछ।

वृषः
साता मध्यम अनुकूल रहेको छ। र पनि बढी महत्त्वपूर्ण काममा बढीनै मेहनत गर्नुपर्ने छ। आइतवार बोलीव्यवहारमा संयम अघि बढ्नु होला अपेक्षित कार्यभन्दा अनपेक्षित काम बनेर उपलब्धि मिल्नेछ। केही धनोन्माद बढ्नसक्ने गोचर छ जसलाई संयम गरेको उचित हुनेछ। सोम र मङ्गलवार सामाजिक तथा औपचारिक कार्यमा सहभागिता रहने छ। शारीरिक बल, जोश, जाँगर एवं स्फुर्ति बढ्ने छ। तर, उन्माद् भने नगर्नुहोला। अड्किएर रहेको काम सम्पन्न गर्नसकिने छ। खेलकुद तथा शारीरिक प्रतिस्पर्धामा सफल भइने छ। व्यवसायिक लाभ हुनेछ। दाजुभाईबीच भातृत्त्व बढ्ने छ। बुध र बिहीवार कामकार्यमा हलो अड्किने सम्भावना बढी छ। गरेको काममा पनि अपयश मिल्ने छ। तपाई विरुद्ध षड्यन्त्र गर्नेहरू सक्रिय हुनेछन्। स्वास्थ्यमा मन्दि आउने छ। दीर्घरोगीलाई समस्या बल्झिने भय छ। खानपान एवं जनव्यवहार आदिमा संयम अप्नाउनु बुद्धिमानी हुनेछ। शुक्र र शनिवार केही अनुकूलता बढ्ने छ। बहिर्मुखी व्यवहार पनि बढ्नसक्ने र स्वकर्मले महत्त्व नपाउने हो कि भन्ने आशङ्का भने छ। समयको सदुपयोग गर्नेहरूलाई बौद्धिक कार्यमा सफलता प्राप्त हुनेछ। शुभ समाचार मिल्ने छ। विद्यार्थीले अध्ययनमा प्रगति गर्नसकिने छ। यो साता वृष राशि हुने व्यक्तिहरूले भगवान श्रीहरि विष्णु, महाकाल शनिदेव एवं भैरवदेवको साथमा माँ बगलामुखीको भक्ति स्तुति तथा उपाशना गर्दै गर्नु र श्रमजीविलाई सहयोग गर्नुले शुभ फल बृद्धियादक हुनेछ।

मिथुनः
साता धेरैजसो पक्षमा अनुकूल देखिएको छ। आइतवार रमाइलो परिवेशमा सुखानुभूति गर्न पाइने छ। नयाँ व्यवसायमा लगानीको जमर्को हुनेछ भने पेशा तथा उद्यमबाट लाभ मिल्नेछ। सोम र मङ्गलवार संयमपूर्वक कार्यक्षेत्रलाई समय दिनाले केही व्यवसायिक तथा पेशागत उन्नति हुन गई आर्थिक लाभ हुनेछ। मानसिक शान्ति एवं शारीरिक स्फुर्ति बढ्ने छ। बोलीव्यवहार र खर्चमा भने संयम जरुरी देखिन्छ । बुधवार पछि समय थप अनुकूल देखिएको छ। शारीरिक क्षमताको विकास हुनेछ । स्वास्थ्यले पनि साथ दिनेछ। जोशजाँगर बढ्ने छ। रोकिएका केही कामहरू फत्ते गर्नसकिने छ। शारीरिक प्रतिस्पर्धाजन्य काममा अग्रता मिल्ने छ। पेशागत प्रगति हुनगई आम्दानी बढ्ने छ। शुक्र र शनिवार केही संकिर्णता तथा पारिवारिक एवं सहकर्मीबीच असमझदारीको बाबजुत अप्रत्यासितरूपमा विशेष काम बनेर लाभ एवं उपलब्धि हात पार्नसकिने छ। साथ सहयोग पनि मिल्ने छ। साथसंगती एवं खानपानको कारण स्वास्थ्य एवं प्रतिष्ठामा आँच आउनसक्ने तर्फ भने सावधान रहनु पर्ने देखिन्छ। यो साता मिथुन राशि हुनेहरूले भगवान महावीर हनुमान, भैरवदेव र गुरुगणपतिको उपाशना तथा श्रद्धाभक्ति गर्नु र असहाय दीनदुःखीलाई दानदातव्य गर्नु शुभदायक हुनेछ।

कर्कटः
साता मध्यम रहने देखिन्छ । आइतवार घरायसी सरसामान खरिदकार्यमा खर्च बढ्ने देखिएको छ। कामकार्यमा अल्झन आउने र मालसमान हराउनसक्ने भय पनि देखिएको छ। विपक्षिहरू पनि सक्रिय देखिएका छन्, चक्रव्यूहमा परिनसक्छ ख्याल गर्नुहोला। सोमवार पछिको समय तसै अनुकूल रहने छ। पेशा, व्यवसाय, व्यापार आदिमा उन्नति प्रगति हुन गई राम्रो आर्थिक लाभ हुनेछ। स्वागतसत्कार एवं उपहार मिल्नसक्ने छ। विशेष लगानीको अफर पनि आउनसक्ने छ। शारीरिक उमङ्ग एवं मानसिक बल बढ्ने छ। शान्ति र सुखानुभूति हुनेछ। बुधवारदेखि उपरान्तको समय आशा अपेक्षा बढी हुनेछ तर कम उपलब्धिले चित्त बुझाउनु पर्ने खालको छ। अपेक्षित उठती हुन कठिन पर्नेछ। धनोन्माद बढ्नाले सञ्चित धन खर्च हुने संभावना छ। शुक्र र शनिवार शारीरिक पुरुषार्थ बढेर आउने छ। केही व्यवसायिक लाभ पनि हुनेछ। केही गरौं भन्ने जमर्को पनि हुनेछ तर अड्चन आउने छ। विशेष कामको लागि गुरुगणपतिको सेवा उपाशना गर्नु बुद्धिमानी हुने देखिन्छ। साथै कर्कट राशि हुनेहरूले यो साता भगवान सूर्यनारायण, भगवान लक्ष्मीनारायण र माँ बगलामुखीको श्रद्धाभक्ति स्तुति आराधना उपाशना गर्नु शुभदायक हुनेछ।

सिंहः
साताको मिश्रित फलदायी देखिएको छ। आइतवार व्यवसाय, पेशा एवं उद्योगधन्दा आदिबाट आंशिक लाभप्राप्त गर्न सकिने छ। बढी मनले ताकेको काममा भने अबरोध आउने देखिएछ, उपाय अवलम्बन गर्नु उचित हुनेछ। सोम र मङ्गलवार व्ययप्रद गोचर योग परेको छ। खर्चको मात्रामा बृद्धि हुनेछ। कामकार्यमा अड्चन र स्वास्थ्यमा पनि मन्दि आउने छ ज्योतिषीय नजरअन्दाज छ। आलोचक बढ्ने छन्। तथापि आकस्मिक रूपमा खासै वास्ता नगरिएको तर्फबाट कुनै काम बनेर लाभ र उपलब्धि पनि मिल्ने देखिन्छ। बुधवार पछि मनखुश हुने वातावरण सृजना हुनेछ। पुराना साथसंगतीसँग भेट्घाट पनि हुनपाइने छ। पेशा तथा व्यवसायबाट केही लाभ हुनेछ। कुनै व्यवसायिक कामकार्यको बारेमा योजना तर्जुमा हुनजाने छ। मेजमानी प्राप्त हुनेछ। तर, अल्लि बढी जोड गरिएको काममा भने बाधाअबरोध हुनेछ। शुक्र र शनिवार बोलीव्यवहारमा अल्लि ख्याल गर्नुपर्ने समय छ। धनोन्मादको कारण सञ्चित धनको खर्च हुने संभावना पनि छ तर, अप्रत्यासित रूपमा कुनै विशेष काम बनेर आर्थिक लाभ पनि हुने ग्रहगोचरीय स्थितिले देखाइरहेको छ। यो साता सिंह राशिका व्यक्तिहरूले भगवान सूर्यनारायण, महावीर हनुमान, गुरुगणपति र भैरवदेवको स्तुति आराधाना उपाशना गर्नु प्रतिकूल ग्रहको दुस्प्रभावलाई हटाउने र शुभफललाई बढाउने उपाय हुनेछ।

कन्याः
तुलनात्मक रूपमा साताका केही दिन अनुकूल देखिएको छन्। आइतवार हल्काफुल्का ईज्जत, मानप्रतिष्ठा बढ्ने छ। यसै गरी राजनीति, समाजसेवा, सांगठानिक क्षेत्र आदिमा सामान्य प्रतिष्ठा एवं जिम्मेवारी थपिने छ। कर्मक्षेत्र, पेशा, व्यवसायबाट आंशिक लाभ गर्न पनि सकिने छ। सोम र मङ्गलवार अनुकूल देखिएको छ। आवधिक रूपमा भएपनि गुमेको साख फर्काउन सकिने छ। लगनशीलतापूर्वक कर्मक्षेत्रलाई समय दिनु बुद्धिमानी हुनेछ। कमक्षेत्रबाट गर्जो टर्ने गरी आम्दानी गर्नसक्नु हुनेछ । साथसहयोग पनि मिल्ने छ। विद्यार्थीहरूले पनि पढाईमा प्रगति गर्नसकिने छ। बुध र बिहीवार भने केही सावधानी अप्नाउनु पर्ने समय छ। स्वास्थ्यमा मन्दि आउने छ भने अनावश्यक आलोचनाको सामना गर्नपर्नसक्ने छ। खर्चको मात्रा पनि बढेर जाने छ। सावधानीपूर्वक जनव्यवहार गर्नुहोला। अन्यथा पछुतोमा पर्नसकिने छ ख्याल गर्नुहोला। शुक्र र शनिवार पुनः स्थितिमा सुधार आउने छ। शारीरिक एवं मानसिक रूपमा स्फुर्ति आउने छ। काम कार्यमा रुचि एवं सफलता र पेशागत उन्नति तथा लाभ हुनेछ। स्वागतसत्कार तथा मेजमानी एवं सौगात मिल्नसक्ने छ। पेशागत लगानीको सोँच तथा प्रस्ताव आउने छ। दाम्पत्य एवं प्रेम सम्बन्ध सुदृढ हुनेछ। यो साता कन्या राशिका व्यक्तिले भगवान सूर्यनारायण, महावीर हनुमान एवं भैरवदेवको साथ गुरुगणपति र माँ बगलामुखीको स्तुति भक्ति उपाशना गर्नु शुभप्रद हुनेछ।

तुलाः
साताको मध्यखण्ड उपलिब्धिमूलक रहने छ। आइतवार कान्तिमा मलिनता, माथिल्लो निकायबाट अपयश जस्ता केही परिस्थिति सृजना हुनसक्ने छ। तथापि कर्मयोगलाई महत्त्व दिएर कार्यक्षेत्रमा रत् रहनेहरूको लागि लाभप्रद पनि हुनेछ। सोमवारबाट ग्रहगोचरमा अनुकूलता थपिने छ। समाजसेवा, राजनीति, सांगठानिक कार्य आदिमा भूमिका थपिने तथा प्रतिष्ठा बढ्नेछ। उच्च तहसँग संपर्क जोडिने छ। उद्यम, व्यवसाय तथा व्यापार फस्टाउने र आम्दानी बढ्ने छ। किसान तथा अन्य पेशाकर्मीको लागि पनि समय लाभकर रहने छ। साताको अन्त्यतिर भने आक्रोश तथा अहं विचार बढ्नसक्ने र आफ्नै कारणले बनिसकेको काम पनि बिग्रनसक्ने शङ्का छ, निकै संयमित हुन जरुरी छ। शक्तिको उन्माद् बढ्ने भय पनि छ, संयम नगरे पछि पछुतोमा परिने छ। स्वास्थ्यमा विकार आउनसक्ने संभावना पनि रहेको छ। सावधानी अप्नाउनु होला। यो साता तुला राशिका व्यक्तिहरूले इष्टदेवको दर्शन भक्ति आराधना गर्नु र गुरुजनको आशीर्वाद लिनु हितप्रद हुनेछ।

वृश्चिकः
साताको पूर्वार्ध रहने देखिएको छ। आइतवार स्वास्थ्यमा मन्दिको साथमा कामकार्यमा अल्झन जस्ता समस्या देखिने छ। दीर्घरोगीले आहारविहार आदिमा बढी ख्याल पुर्याउनु उचित हुनेछ। कामकार्यमा संघर्षको अनुभूति हुनेछ। सोमवारबाट कान्तिमा मलिनता र केही अपयशको बाबजुत पनि स्थितिमा स्थितिमा सुधार आउने छ। सामाजिक सेवाप्रद कार्यमा संलग्न हुनपाइने छ। धार्मिक कार्यमा मन आकर्षित हुनेछ। आध्यात्मिक चेतना वृद्धि हुनेछ। बुध र बिहीवार मान ईज्जत प्रतिष्ठा बढ्ने। ठूलाबडा व्यक्तिहरूसँग सम्बन्ध जोडिने र व्यवसायिक उन्नति प्रगति हुनेछ। मान्यजनको साथ सहयोग र आशीर्वाद मिल्नेछ। सामाजिक तथा राजनैतिक एवं पेशागत क्षेत्रमा जिम्मेवारी एवं भूमिका र हैसियत थपिने छ। शुक्र र शनिवार पेशा तथा कर्मक्षेत्रबाट अपेक्षा गरे अनुसार नभए पनि आंशिक रूपमा लाभ प्राप्त गर्न सकिने छ। साथीभाइले पनि सर्तसम्झौता गरेर साथसहयोग दिने छन्। विशेष महत्त्वपूर्ण मानिएको काममा अबरोध महसूस हुनेछ। वृश्चिक राशि हुने व्यक्तिहरूले यो साता विघ्न विनाशक गुरुगणपति, महावीर हनुमान एवं भैरवदेवको स्तुति आराधना तथा उपाशना र गरीब दीनदुःखीहरूको लागि दानसहयोग गर्नु शुभफलदायक हुनेछ।

धनुः
साता सामान्य देखिएको छ, विशेष कामकार्यमा अल्लि बढी मेहनत गर्नुपर्ने छ। सामान्य दैनन्दिनी कामकार्यमा ठिकै रहनेछ। आइतवार उद्यमको लागि नयाँ सोँच विचारको साथमा जोशजाँगर पनि बढेर आउने छ। दाम्पत्य तथा प्रेमसम्बन्धमा सफल हुनेछ। सोम र मङ्गलवार स्वास्थ्यमा अल्लि प्रतिकूलता पर्ने देखिएको छ। दीर्घरोगीलाई अल्लि बढी सास्ती हुनसक्ने छ। अल्लि ख्याल विचार र सावधान अप्नाउनु पर्ला । यसै गरी सर्वसाधारण सबैले आहार विहार आदिमा संयम गर्नु मनासिव हुनेछ। कामकार्यमा पनि संघर्षको अनुभव हुनेछ। बुधवारबाट कान्तिमा मलिनता एवं माथिल्लो तहबाट अपयशको बाबजुत स्थितिमा सुधार आउने छ। व्यवसायिक क्षेत्रमा केही प्रगति हुनेछ। पेशागत उन्नति भई लाभ मिल्ने छ। स्वास्थ्यमा पनि सुधार आउने छ। धार्मिक आध्यात्मिक कार्यमा सरिक हुन सकिने छ। शुक्र र शनिवार अपेक्षित कार्यमा खासै अग्रता मिल्न कठिन पर्नेछ रपनि कर्मक्षेत्र एवं उद्यम तथा जागिर आदिमा केही सहजता सृजना भई आंशिक आर्थिक उपलब्धि बढ्ने छ। बढी महत्त्वपूर्ण ठानिएको काममा अवरोध गराउने गोचर परेकोले धेरै महत्त्वकांक्षी नबनेको उचित हुनेछ। भित्री मर्ममा गाह्रोसाह्रो परेपनि बाहिरीरूपमा मानसान र प्रतिष्ठा बढ्ने छ। यो साता धनु राशिका व्यक्तिहरूले भगवान महावीर हनुमान, भैरवदेव एवं गुरु गणपति र भगवान सूर्यनारायणको साथमा माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ।

मकरः
साता सुधारोन्मुख अनुकूल देखिएको छ। तथापि आइतवार कामकार्यमा सफलता प्राप्त गर्न साविकको भन्दा बढी मेहनत गर्नुपर्ने छ। स्वास्थ्यमा सुधार आउने छ। परकोपकार जन्य भूमिका निभाउन सकिने छ। पौरख गर्न सकिने छ। सोम र मङ्गलवार विपरितलिङ्गीको साथसहयोग मिल्नाले कामकार्यमा अल्लि साहस बढ्ने छ। व्यापारीहरूको व्यापार वृद्धि हुनेछ। उद्योगधन्दा तथा पेशा एवं व्यवसायिक क्षेत्रमा प्रगति हुनगई आर्थिक उपलब्धि तथा लाभ गर्नसकिने छ। हितचिताउने शुभेच्छुक जन बढ्ने छन्। रमणीय स्थानको भ्रमण हुनेछ। बुध र बिहीवार भने अल्लि विपरित रहेको छ। स्वास्थ्यमा मन्दि आउनसक्ने भय देखिएको छ। आहार विहारमा ख्याल पुर्याउन र संयमीत हुन जरुरी देखिन्छ। खर्चको मात्रा पनि बढेर जाने तथा सञ्चित धन व्यय हुनसक्ने छ। केही यस्ता विपरित फलको बाबजुत अप्रत्यासित उपलब्धिको पनि संभावना देखिएको छ। शुक्र र शनिवार स्वास्थ्यमा सुधार आएपनि कान्तिमा मलिनता र दबाबपूर्ण वातावरणको सामना गर्नपर्नसक्ने अवस्था रहने छ। क्रमशः स्थितिमा अनुकूलता बढ्ने छ। केहीहद्सम्म भाग्य वृद्धि हुनेछ। धार्मिक आध्यात्मिक कार्य संपादन गर्न पाइने छ। सत्सङ्गको अनुकूलता मिल्नेछ। मकर राशिका व्यक्तिहरूको लागि यो साता भगवान सूर्यनारायण, माँ बगलामुखी, भगवान महावीर हनुमान र माँ इन्द्रायणीको उपाशना गर्नु शुभदायक हुनेछ।

कुम्भः
साताको पूर्वार्ध केही अनुकूल देखिएको छ। आइतवार विद्यार्थी भाइबहिनीले अध्ययनमा प्रगति गर्नसकिने छ। सर्वसाधरणको हकमा पनि व्यवसाय एवं कर्मक्षेत्रमा प्रगति उन्नति हुनगइ लाभ एवं उपलब्धि हातपार्न सकिने छ। सोम र मङ्गलवार पेशागत प्रसिद्धि एवं प्रचारप्रसार बढ्ने छ। औपचारिक कार्यक्रम आदिमा सहभागी हुनपाइने छ। आरोग्यता मिल्ने छ। शरीर र मनमा बलवृद्धि हुनेछ। पुरुषार्थ गर्नसकिने छ। विपक्षीलाई सम्झौतामा ल्याउनसकिने छ। लक्ष्मी प्रसन्न हुने छिन्। बुध र बिहीवार ईच्छा अपेक्षा अनुकूल उपलब्धि हात पर्न अल्लि गाह्रो पर्नेछ। रपनि दाम्पत्य एवं प्रेम सम्बन्धमा सुधार आउने छ। व्यापार व्यवसायमा केही प्रगति हुनेछ। मनमा अल्लि चञ्चलता आउने तथा अस्थिरता बढ्ने छ। खानपानको कारण द्वन्द सृजना हुनसक्ने छ, ख्याल गर्नुपर्ला। शुक्र र शनिवार अल्लि विपरित देखिएको छ। स्वास्थ्यमा समस्या आउनसक्ने छ भने कामकार्यमा पनि बाधाव्याबधान आउने संभावना छ। दीर्घरोगीले खानपान एवं औषधि सेवन आदिमा विशेष ध्यान दिनुपर्ला। सर्वसाधारण सबैले धैर्यधारण गर्नु उचित हुनेछ। केही यस्ता विपरितफलको बाबजुत अप्रत्यासित कुनै काम बनेर केही लाभ एवं उपलब्धि र राहत मिल्ने छ। यो साता कुम्भ राशि हुने व्यक्तिहरूले भगवान गुरुगणपति, भगवान सूर्यनारायण एवं लक्ष्मीनारयण र भैरवदेवको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन तथा शुभफललाई बढाउन मद्दत मिल्ने छ।

मीनः
साता सुधारोन्मुख देखिएको छ। आइतवार अल्लि चनाखो हुने र बुद्धिले कामलिने गर्नुपर्ने समय छ। द्वन्द तथा अपयश नपर्ला भन्नसकिन्न। रपनि अप्रत्यासित रूपमा कुनै काम बनेर लाभ एवं उपलब्धि मिल्ने छ। सोम र मङ्गलवार पराइको कामलाई समय दिँदा आफ्नो काम बाँकी रहनसक्ने छ। गोपनीयता बचाउन कोसिस् गर्नुहोला। बोली बाठो हुनखोज्दा अर्काले कमजोरी फेला पार्नसक्छ ख्याल गर्नुहोला। आत्मप्रशंसाको मनोविज्ञानले सताउने छ। बुधवारबाट पेशा एवं व्यवसाय तथा कामकार्यबाट लाभ गर्नसकिने छ। शारीरिक स्वास्थ्य बलियो भएर आउने छ। पराक्रम गर्नसकिने छ। व्यापार बढ्ने छ। श्रीलक्ष्मी कृपा वृद्धि हुनेछ। दाम्पत्य एवं प्रेमसंबन्धमा सुदृढता आउने छ। रपनि चारित्रिक गुण बचाउन कोसिस् गर्नुपर्ने देखिन्छ। चोट्पटकको भने भय छ ख्याल गर्नुहोला। विवाह योग्य युवायुवतीको लागि विवाह प्रस्ताव वा चर्चा चल्नसक्ने छ। घुमफिर हुने समय छ। यो साता मीन राशिका व्यक्तिहरूले भगवान गुरुगणपति, महावीर हनुमान एवं भैरवदेवको साथमा माँ बगलामुखीको श्रद्धाभक्ति एवं उपाशना आराधना गर्नु शुभदायक हुनेछ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।