धरानकाे अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

माेरङ। विराटनगरकी एक कोरोना संक्रमित महिलाको शनिबार राति मृत्यु भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर-९, तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएकाे हो।

मृतक महिलालाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरान रेफर गरेको बुझिएकाे छ। अस्पतालका अनुसार उनको उपचारका क्रममा राति साढे १२ बजे मृत्यु भएको हाे।

उनमा पहिलेअेखि नै फोक्सो, मुटुु र थाइराइडको समस्या रहेकाे र केही समयअघि दिल्लीमा मुटुको उपचार पनि भएको बुझिएकाे छ। याेसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ: डब्लुएचओ