प्रहरी अस्पतालका दुई डीआईजीलाई काेराेना

नेपाल प्रहरी अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआइजी) मा कोरोना संक्रमण देखिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले दुई डीआइजीमा कोरोना संक्रमण देखिएको र उनीहरुकाे अवस्था सामान्य रहेकाे नेपाली पत्रिकालाई जानकारी दिए। आज थपिएका २ सहित नेपाल प्रहरीमा कोरोना संक्रमितकाे संख्या ६ सय २० पुगेको छ।

प्रवक्ता कडायतका अनुसार संक्रमित ६२० जनामध्ये २४० जना उपचारपछि ठीक भएर ड्युटीमा फर्किइसकेका छन् भने बाँकीकाे उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि