नेपाल ओलम्पिक कमिटीका दुई कर्मचारीमा काेराेना पुष्टि

काठमाडौं।

नेपाल ओलम्पिक कमिटीका दुई कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे छ। यसअघि स्क्वासका एक प्रशिक्षकमा संक्रमण देखिएपछि गरिएकाे परीक्षणमा दुई जना भान्सेमा कोरोना पुष्टि भएको बुझिएको छ।

उनीहरुमा कोरोना देखिएसँगै उनीहरुकाे सम्पर्कमा आएका अरुकाे पनि परीक्षण गरिने बताइएको छ। पछिल्लो समय कोरोनाको संक्रमण बढेको भन्दै ओलम्पिक कमिटी शुक्रबारबाट ‘वर्क फ्रम होम’मा गएको छ। कमिटीले पदाधिकारी र भर्खरै सम्पर्कमा आएकाहरुको परीक्षण गराउने तयारी गरेकाे छ।

अन्य सम्बन्धित समाचार:  इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता