कपिलवस्तु: कोरोना संक्रमितकाे संख्या बढ्दाे, स्थानीयमा चिन्ता

शम्भू माली, कपिलवस्तु।

कपिलवस्तुमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै स्थानीय चिन्तित भएका छन्। सबैभन्दा पहिले मायादेवी गाउँपालिका अभिरावका २ जना वैशाख २५ गते भारतबाट नेपाल फर्के। उनीहरुको स्वाब परीक्षणको क्रममा कोरोना संक्रमण देखियो। शुरुमा छिटफुट मात्रामा देखिएको कोरोना संक्रमितको अवस्था साउनको अन्तयसम्म आइपुग्दा धेरै नै बढिसकेको छ। असार दोश्रो साता जिल्लामा कोरोना संक्रमित संख्याको ग्राफ बढ्दै गयो।

असार तेश्रो सातापछि सरकारले लक्षण नदेखिएका बिरामीलाई पीसीआर परीक्षणविना घर जान दिने नयाँ निर्देशिका जारी गरेपछि भने संक्रमितको संख्या घट्दै गयो। संख्या केलाउने हो भने साउन दोश्रो सातासम्म जिल्लामा १३ जना मात्र सकृय संक्रमित थिए। साउन तेश्रो साताबाट समुदायस्तरमा कोरोनाकाे अवस्था पत्ता लगाउन परीक्षण थालिएपछि संक्रमितको संख्या बढदै आएको छ।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक महिने कफ्र्यू घोषणा

अहिले सबैभन्दा बढी सदरमुकाम तौलिहवामा समुदायस्तरमा कोरोना फैलिएको छ। पसले, व्यापारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, बैंकिङ संस्थाका कर्मचारी, गृहिणी लगायत संक्रमित भएका छन्। सदरमुकाममा समुदायस्तरमा कोरोना फैलिए पनि सरकारले नियन्त्रण रोकथाममा कुनै चासो नदिएको तौलिहवाकी एक संक्रमितले गुनासाे गरिन्।

सदरमुकाम तौलिहवाका जमुहार टोलका एक चामल व्यापारीको कोरोनाका कारण मृत्यु समेत भएको थियो।

एक हप्तामा २८ जना संक्रमित थपिए

प्रदेश नम्बर ५ मा सबै भन्दा बढी संक्रमित भएको जिल्लामा कपिवस्तुमा एक हप्तामा ७ सुरक्षाकर्मीसहित २८ संक्रमित थपिएका छन्। याेसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ३५ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालय अनुसार थपिएका संक्रमितहरुमा नेपाल प्रहरीका ७, बैंकिङ संस्थाका ७ , विद्यार्थी ५ जना तथा २ जना स्वास्थ्यकर्मी छन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि

यस्तै बस व्यवसायी, गैर सरकारी संस्था, नर्सिङ विद्यार्थी, गैर सरकारी संस्था, गृहणी र समुदायस्तरबाट एक-एक जना छन्। तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा मेसुसहित दुई दर्जनमा कोरोना देखिएपछि अस्पताल बन्द गरिएको छ।

गत साउन २५ गते बुद्धपदम माविमा संकलन गरिएको २ सय २६ नमुनामध्ये २६ पोजेटिभ र १ सय ५१ नेगेटिभ आएकाे छ भने ५० जनाकाेनतिजा आउन बाँकी छ।

कपिलबस्तुमा थप १ हप्ताका लागि निषेधाज्ञा

कपिलबस्तुमा थप १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कपिलबस्तुकाे आज बसेको बैठकले कोरोनाकाे उच्च जोखिममा रहेको भन्दै आइतबार राति १२ बजे देखि भदौ ७ गते राति १२ बजे सम्माका लागि निषेधाज्ञा थप गर्ने निर्णण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।