काठमाडौँ। नेपालमा आइतबार थप ६ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हासम्म कुल संक्रमित हुनेको संख्या २६ हजार ६६० पुगेको छ।
दैनिक थपिएका संक्रमितकाे संख्या हेर्दा आजकाे संख्या हालसम्मकै धेरै हाे । यसअघि एकैदिनमा ६३८ जनासम्म संक्रमित थपिएका थिए।
आज थपिएकामध्ये काठमाडाैं उपत्यकाका मात्र १७२ जना रहेका छन्। हालसम्मा ५ लाख १७ हजार ९ सय ५७ जनामा पीसीआर परीक्षण गरिएकाेमा जम्मा २६ हजार ६६० मा काेराेना पेजिटिभ देखिएकाे हाे।
मन्त्रालयका अनुसार हालसम्म देशभरमा १५ हजार २४३ जना क्वारेन्टाइनमा र ९ हजार २२१ जना आइसाेलेशनमा बसेर उपचार गराइरहेका छन्। यसैगरी हालसम्मा १७ हजार ३३५ जना निकाे भएर घर फर्किसकेका छन् भने काेराेनाबाट मृत्यु हुनेकाे आधिकारिक संख्या १०४ जना पुगेकाे छ।