फेरि बढ्याे पेट्राेलियम पदार्थकाे भाउ

पाइपलाइन

काठमाडौँ।

नेपाल आयल निगम पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक-एक रुपैयाँले दरले बढाएको हो।

पहिले पेट्राेलकाे प्रति लिटर १०४ रुपैयाँ तथा डिजेल र पेट्राेलकाे ९० रुपैयाँ रहेकामा सबैमा एक-एक रुपैयाँ बढेर बढेको पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ।

यद्यपि खाना पकाउने ग्यासको मूल्य भने बढाइएको छैन।

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चको फैसलापछि फेरि एमाले र माओवादी केन्द्र ब्युँतिए