सेनाका जर्नेल र कर्नेलसहित तीन बर्खास्त, तीन घटुवा

काठमाडाैं।

नेपाली सेनाका जर्नेल र कर्नेलसहित तीन जना बर्खास्त भएका छन्। समरी जनरल सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको आरोपमा तीन जनालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो।

सैनिक सेवाबाट हट्नेहरुमा सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा छन्।त्यस्तै सह सेनानी लक्ष्मीकान्त खनाल,सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला पनि सैनिक अदालतले गरेको छ।

यस बाहेक सह सेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र अवकास प्राप्त लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाइ दिने फैसला अदालतले गरेकाे छ।

अन्य सम्बन्धित समाचार:  अवैध औषधिसहित एक युवक पक्राउ