नारायणीको बाढीले ‘केटो’ बगायो

चितवन। नारायणी नदीको बाढीले गैँडाको बच्चा (केटो)लाई बगाएको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट आएको नारायणीको बाढीले अन्दाजी तीन वर्षको ‘केटो’ बगाएको हो।

‘केटो’को उद्धारको प्रयास भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। उसको खोजी गर्न ठाउँ ठाउँमा जनशक्ति परिचालन गरिएको उनले बताए।

यसअघि २०७४ सालमा राप्ती र नारायणीको बाढीले धेरै गैँडा बगाएर भारत पुरयाएको थियो। ति मध्ये १३ गैँडाको उद्धार गरिएको थियो। त्यतिबेला बगाएका थप गैँडा अहिले पनि भारतीय भूमिमा रहेको अनुमान गरिएको छ।

गत साता पनि राप्ती नदीमा डुबेको अवस्थामा एउटा गैँडा मृत भेटिएको थियो।

अन्य सम्बन्धित समाचार:  जेठ तेस्रो साता एसईई परीक्षाको तयारी