गभर्नर अधिकारी हाेम क्वारेन्टाइनमा

काठमाडाैं‌।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमणको आशंकामा भैंसेपाटीस्थित आफ्नै निवासमा हाेम क्वारेन्टाइनमा बसेका छन्। बिहीबार बैंकको केन्द्रीय कार्यालयको सामान्य सेवा विभागमा काम गर्ने एक इञ्जिनियरलाई कोरोना पुष्टि भएपछि अधिकारी होम क्वारेन्टाइनमा बसेकाे गभर्नर कार्यालयका एक कर्मचारीले बताए।

स्रोतका अनुसार उनले इञ्जिनियरसँग दुई दिनअघि आफ्नै कार्यालयमा भएको निर्माणसम्बन्धी विषयमा लामो छलफल र प्रत्यक्ष कुराकानी गरेका थिए। त्यसको भोलिपल्ट उनमा कोरोना पुष्टि भएको रिपोर्ट आएपछि अधिकारी शुक्रबारदेखि क्वारेन्टाइनमा बसेका हुन्।
यसअघि बैंकको मुद्रा व्यवस्थापन विभागमा एक जना र वीरगञ्ज कार्यालयका दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
अन्य सम्बन्धित समाचार:  विदेशमा थप २ जना कोरोना संक्रमित नेपालीको मृत्यु