विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्याे

काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १८ लाख ४२ हजार सात सय ८२ पुगेको छ। एकैदिन २ लाख १२ हजार १९५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २ करोड १८ लाख नाघेकाे हाे।

यस्तै एकै दिन थप ४ हजार ५२५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७३ हजार हजार २७९ पुगेको छ।

संक्रमितमध्ये १ करोड ४५ लाख ७० हजार ३ सय ४७ जना संक्रमण मुक्त भएका छन्। काेराेनाका कारणा एसियाली मुलुकहरूमा १ लाख २० हजार १४८  भन्दा बढी  मानिसकाे मृत्यु भएको छ। ५६ लाख ५९ हजार ७९४ जना संक्रमित भएकोमा ४३ लाख ८७ हजार ७९१ जना संक्रमणमुक्त भएका छन्।

अन्य सम्बन्धित समाचार:  अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

याे समाचार तयार पार्दासम्म भारतमा काेराेनाका कारण ५१ हजार १ सय १३ जनाकाे ज्यान गएकाे छ भने  २६ लाख ५५ हजार २ सय ६४ जना संक्रमित भएका छन्। त्यसैगरी नेपालमा अहिलेसम्म काेराेनाका कारण २६ हजार ६ सय ६० जना संक्रमित भएका छन्। त्यसैगरी मृत्यु हुनेको संख्या १०४ रहेको छ।