काठमाडाैं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेकाे छ।
नतिजा सम्बन्धी सबै काम एक हप्ताअघि सकेको बोर्डले केही बेरअघि बैठक बस्दै नतिजा सार्वजनिक गरेकाे हाे। कोरोनाका कारण बोर्डले यो पटक परीक्षा नलिई विद्यालयलाई नै विद्यार्थीको मूल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो। विद्यालयले पठाएको नतिजा रुजु गरेर सार्वजनिक गरिएको हो।
यस पटक ४ लाख ८० हजारले एसईई परीक्षा दिन फाराम भरेका थिए।