पाटन अस्पतालमा उपचाररत एक महिलाकाे काेराेनाका कारण मृत्यु

काठमाडौं। कोरोना संक्रमणका कारण आज काठमाडौंमा एक जनाको मृत्यु भएको छ।

पाटन अस्पतालको आईसीयूमा उपचार गराइरहेकी एक ५८ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको बुझिएकाे छ। मधुमेहकी बिरामी रहेकी उक्त महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि साउन २८ गते अस्पताल भर्ना गरिएकाेमा निमोनिया समेत देखिएको र उपचारका क्रममा साेमबार मृत्यु भएकाे अस्पतालले जनाएकाे छ।

जनकपुरमा ५० वर्षीय संक्रमितको मृत्यु

यस्तै सोमबार प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ। धनुषाको धनौजी गाउँपालिका –३ कटैयाका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

निमोनियाबाट सिकिस्त उनी साउन ३१ गत्ते प्रादेशिक अस्पतालको आईसियूमा भर्ना भएका र त्यसै दिन उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। निमोनियाबाट सिकिस्त उनको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रादेशिक कोभिड अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले बताए। योसँगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  पन्ध्र दिनदेखि दम्पती अझै बेपत्ता