खाल्डोमा डुबेर दुई बालकको मृत्यु

बैतडी। पानी जमेकाे खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा ह्युम पाइप (सिमेण्टकाे पाइप, ढल) राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको हो।

ह्युम पाइप राख्नका लागि बनाइएकाे खाल्डोमा पानी जम्मा भएको र खेल्ने क्रममा डुब्दा सोमबार साढे चार बजे दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खेल्नका लागि सडकमा जम्मा भएका ५-६ जनामध्ये एक जना पहिला खाल्डोमा गएको र उसलाई निकाल्न अर्कोले पनि हामफाल्दा दुवै जना खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्यूठानमा सुत्केरीको मृत्यु