काठमाडाैं। नेपालमा साेमबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरको कोशी कोभिड अस्पतालमा उपचाररत एक ४७ वर्षीय संक्रमितकाे उपचारका क्रममा आज साँझ ५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ।
अस्पतालका अनुसार आइतबार भर्ना भएका ती संक्रमितलाई निमोनिया भएको थियाे। अस्पताल भर्ना भएपछि उनको नमूना संकलन गरिएकोमा सोमबार दिउँसो १ बजे उनलाई कोरोना पुष्टि भएको बताइएकाे छ। यो सहित नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १०८ पुगेको छ।