वि.सं. २०७७ भाद्र २ गते मंगलवारको राशिफल

  • ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

मेषः  स्वास्थ्यमा मन्दि मनमा संकीर्णता। विवादको सम्भावना देखिएकोले संसर्गीसँग व्यवहार गर्दा सावधानी अप्नाउनु उचित हुनेछ। घरायसी समझदारी कायम हुनपनि गाह्रो पर्नेछ।

वृषः पौरखिलो दिन छ। अड्किएर रहेको काम सम्पन्न गर्नसकिने छ। खेलकुद तथा शारीरिक प्रतिस्पर्धामा सफल भइने छ। व्यवसायिक लाभ हुनेछ। दाजुभाईबीच भातृत्त्व बढ्ने छ।

मिथुनः तपाईको बोलीको अनर्थ लाग्नसक्ने छ। तसर्थ बोलीव्यवहार ख्याल गर्नुहोला। अपव्यय हुनसक्ने लक्षण छ खर्चमा पनि संयम जरुरी देखिन्छ। समाज सेवा आदिमा संलग्न हुन पाइने छ।

कर्कटः  दिन तसै अनुकूल छ। स्वागतसत्कार एवं उपहार मिल्नसक्ने छ। विशेष लगानीको अफर पनि आउनसक्ने छ। शारीरिक उमङ्ग एवं मानसिक बल बढ्ने छ। मनमा शान्ति र सुखानुभूति हुनेछ।

सिंहः  दिन अल्लि प्रतिकूल छ। आलोचक बढ्ने छन्। खर्चको बाबजुत आकस्मिक रूपमा खासै वास्ता नगरिएको तर्फबाट कुनै काम बनेर लाभ र उपलब्धि पनि मिल्ने देखिन्छ।

कन्याः  कमक्षेत्रबाट गर्जो टर्ने गरी आम्दानी गर्नसक्नु हुनेछ। साथसहयोग पनि मिल्ने छ। विद्यार्थीहरूले पनि पढाईमा प्रगति गर्नसकिने छ। समय र अवसरको सुदपयोग गर्नु बुद्धिमानी हुनेछ।

तुलाः  दिन अनुकूल रहेको छ। उद्यम, व्यवसाय तथा व्यापार फस्टाउने र आम्दानी बढ्ने छ। किसान तथा अन्य पेशाकर्मीको लागि पनि समय लाभकर रहने छ। मानप्रतिष्ठा बढ्ने छ।

वृश्चिकः  परोपकार, समाजसेवा एवं धार्मिक कार्यमा मन आकर्षित हुनेछ। आध्यात्मिक चेतना वृद्धि हुनेछ। व्यापार व्यवसाय तथा पेशा एवं कर्मक्षेत्रमा प्रगति हुनगई लाभ मिल्ने छ।

धनुः  अल्लि ख्याल विचार र सावधान अप्नाउनु पर्ने दिन छ। स्वास्थ्यमा प्रतिकूलता सृजना हुनसक्ने छ। आहार विहार आदिमा संयम गर्नु मनासिव हुनेछ। कामकार्यमा पनि संघर्षको अनुभव हुनेछ।

मकरः  दिन अनुकूल एवं विलासी देखिएको छ। प्रेम तथा सुखानुभूति हुनेछ। हितचिताउने शुभेच्छुक जन बढ्ने छन्। विपरितलिङ्गीको संगत मिल्ने छ। मनोरञ्नीय रमणीय स्थानको भ्रमण हुनेछ।

कुम्भः  दिन आरोग्यवर्धक रहने छ। शरीर र मनमा बलवृद्धि हुनेछ। पुरुषार्थ गर्नसकिने छ। विपक्षीलाई सम्झौतामा ल्याउनसकिने छ। लक्ष्मी प्रसन्न हुने छिन्। दीर्घकालीन कार्यको सोँच आउने छ।

मीनः  आत्मप्रशंसाको मनोविज्ञानले सताउने छ। बोली बाठो हुन खोज्दा गोपनीयता खुस्कनसक्ने छ ख्याल पुर्याउन सके बुद्धिमानी हुनेछ। सामान्यतया व्यवसायिक लाभ मिल्ने र ज्ञानवृद्धि हुनेछ।

 

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।