चितवनको गढीमाई बाहिनीका ४२ सशस्त्र प्रहरीलाई कोरोना

चितवन। चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनीका ४२ सशस्त्र प्रहरी एकसाथ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। संक्रमित हुनेमा दुई महिला र ४० पुरुष रहेको छन्।

भरतपुर कोभिड–१९ प्रयोगशालाका अनुसार यसअघि सोही बाहिनीका आठ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण देखिएको थियो। त्यसपछि सबैको पीसीआर परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए।

६० जनाको पीसीआर परीक्षण गरिएकामा ४२ जनामा सङ्क्रमण देखिएको हो। सुरुआतमा ९ जनालाई ज्वरो आएको थियो। बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी कार्यरत छन्।

यो बाहिनीले बागमती प्रदेशको काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका जिल्ला हेर्छ। सङ्क्रमित प्रहरीलाई भित्रै आइसोलेसनमा राखिने बताइएको छ। उनीहरु संक्रमित भएको सोमबार राति रिपोर्ट आएको थियो।

अन्य सम्बन्धित समाचार:  देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि