प्यूठान। प्यूठानमा विषालु च्याउ खाँदा दाजुभाइको मृत्यु भएको छ।
जंगलमा पाइने विषालु च्याउ खाँदा नौबहिनी गाउँपालिका–६ ढाखोलाका १५ वर्षिय सुरेश घर्ती र उनका १३ वर्षिय भाइ सुगमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
च्याउ खाएपछि सिकिस्त बिरामी परेका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। परिवारका अन्य तीन जना बिरामी परेका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।