पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

कास्की। कास्कीको पोखरामा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

तनहुँको व्यास नगरपालिका घर भएकी ति महिलाको सोमबार राति कास्कीको सेवा हस्पिटलमा मृत्यु भएको हो। उनको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार बिहान आएको थियो।

साउन ३२ गते यक्त अस्पताल भर्ना भएकी ति महिला मधुमेह र निमोनियाबाट पीडित थिइन्। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११० पुगेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने