पर्सामा एकै दिन १५३ जनामा कोरोना

पर्सा। पर्सामा एकै दिन १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशाला तथा काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा यति धेरैमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।

बयोधा अस्पतालमा मात्रै ३० जना संक्रमित भएका छन्। टेकुस्थित प्रयोगशालामा गरिएको परिक्षणमा बयोधा अस्पतालका डाक्टर र नर्स गरी ३० जनामा संक्रमण भेटिएको हो। अस्पतालका ६ डाक्टर, ११ नर्स, १२ कर्मचारी र २ बिरामीमा संक्रमण पुष्टि भएको हो।

यस्तै टेकु प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा पर्साका अन्य ६८ जनामा संक्रमण पुष्टि भएको ठाकुरले बताए। संक्रमितमध्ये जिल्ला प्रहरी कार्यालयका ५ तथा वडा प्रहरी कार्यालय विर्ताका २ प्रहरी पनि छन्।

अन्य सम्बन्धित समाचार:  प्रहरीले सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने

संक्रमण पुष्टि भएका २५ जना पर्साको बहुदरमाई नगरपालिकाका रहेका छन्। यस्तै वीरगन्ज महानगरपालिका–१० मुर्ति चोकका ८ तथा छपकैयाका ५ जना पनि कोरोनाबाट संक्रमित भएका छन्।

यसैगरी बाराको परसौनी गाउँपालिकामा ४, पिलुवामा ३ तथा सिम्रौनगढ र कलैयाका एक, एक जनामा संक्रमण देखिएको छ।