कास्की जिल्लाभरि मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी

कास्की।

काेराेना संक्रमितको अवस्था बढेसंगै कास्की जिल्लाभरि मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ। प्रशासनले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सुरू भएर ७ गते राति १२ बजेसम्म रहने छ।

महानगरका उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना रोकथाम समितिले महानगरमा निषेधाज्ञा जारी गर्न प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सोमबार सिफारिस गरेसँगै कोरोना रोकथाम गर्न निषेधाज्ञा जारी गर्न आग्रह गरिएको थियो।

सोमरबार साँझ गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा रहेको प्रदेश स्तरीय कोरोना रोकथाम केन्द्रको बैठकले लकडाउन गर्ने जिम्मा अवस्था हेरेर जिल्ला प्रशासनले गर्ने निर्णय गर्‍यो। महानगरको सिफारिस अनुसार मंगलबार बिहान बसेको बैठकले पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।

अन्य सम्बन्धित समाचार:  देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि